राजनीतिसमाचार

लेट्स वर्क टुगेदर : ओली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; २५ पुष २०७९, सोमबार

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रह गरेका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए ।

उनले भने, ‘सांसद नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ? कहिले के गर्ने ?’

ओलीले अगाडि भने, ‘गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *