खेलकुद

नेपाल टी–२० लिग: स्पट फिक्सिङको आरोपमा आलम र आदिलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । तर स्पट फिक्सिङमा संलग्न देखिएका सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सक्लानीसहित समिर शेख, वीरेन्द्र शाह, विकास ध्यानी, राहुल शर्मा र एन्ड्री म्याक्यार्थीविरुद्ध भने मुद्दा दर्ता भएको छैन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ । यस अनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *