राजनीति

महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन भन्दै लोसपाले आज देउवालाई भेट्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

१० फाल्गुन २०७९ बुधबार

काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन्। राष्ट्रपतिको निर्वाचनको माहोल तातिरहेको बेला लोसपा भने नयाँ उम्मेदवारको नाम लिएर देउवालाई भेट्न जान लागेका हुन्। सबै राजनीतिक दलले आ-आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति खोजिरहेका बेला लोसापले भने महन्थ ठाकुरलाई अघि सारेको छ।

उक्त प्रस्ताव लिएर लोसपाका शीर्ष नेताहरूले आज बिहान साढे ९ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न लागेको लोसपाका शीर्ष नेता राजेन्द्र महतोले जानकारी दिए।

उही प्रस्ताव लिएर लोसपाका शीर्ष नेताले हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए। यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *