राजनीतिसमाचार

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीको लन्च मिटिङ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ माघ २०७९, सोमवार

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लन्च मिटिङ भएको छ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको लन्च मिटिङमा सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ।

२०७४ को फागुनमा पनि मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न दुई नेताको लन्च मिटिङ भएको थियो। त्यो बेला ओली प्रधानमन्त्री थिए। मेडिकल सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा ओली र प्रचण्डले मार्सी चामलको भात खाएका थिए। ओली र प्रचण्डको त्यो लञ्च मिटिङ अहिले पनि चर्चामा छ।

पुस २६ गते संसदमा विश्वासको मत लिइसके पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

ओली र प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलाई चाडै टुंगो लगाउने गरी छलफल हुने बताइएको छ।

सत्ता गठबन्धनमा रहेका दलका नेताहरूका अनुसार मंगलबार मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ। आज सार्वजनिक बिदा परेकाले मन्त्रिपरिषद विस्तार नभएको नेताहरूको दाबी छ।

माघ ५ गते सभामुखको चयन हुने कार्यतालिका छ। एमाले र माओवादीबिच प्रधानमन्त्री र सभामुखको कार्यकाल बाँड्ने सहमति भइसकेको छ। सहमतिअनुसार पहिलो साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र सभामुख एमालेको तर्फबाट हुने भन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *