राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: १० फाल्गुन २०७९ ,बुधबार

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत छन् सङसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *