खेलकुद

नेपालको ब्याटिङमा सुधारको झल्को

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ पक्षबारे सधैँ चासो हुने गरेको छ । बलिङको तुलनामा नेपाली टोलीको ब्याटिङ पक्ष कमजोर रहेको टिप्पणी हुँदै आएको छ । टी–ट्वान्टी सिरिजमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालको ब्याटिङमा सुधार आएको अपेक्षा गरिएको थियो ।

देभ वाट्मोरको प्रशिक्षकत्वमा नेपाली टोलीले ब्याटिङमा गरेको सुधारलाई सबैले राम्रो पक्षमा लिएका थिए । एकदिवसीय मान्यता जोगाउने मुख्य लक्ष्यका साथ मैदानमा हुने नेपाली टोलीको एकदिवसीय क्रिकेटमा भने त्यस्तो सुधार देखिएन ।

वाट्मोरको राजीनामापछि नेपालले दुई प्रशिक्षक परिवर्तन ग¥यो । त्यसपछि अहिले प्रशिक्षकका रुपमा मोन्टी देसाइले नेपाली टोलीको नेतृत्व गरिरहेका छन् । राष्ट्रिय क्रिकेट टोली सम्हालेका देसाइले आफ्नो मुख्य लक्ष्य नै नेपालको एकदिवसीय मान्यता जोगाउनु भएको बताएका थिए ।

त्यसका लागि उनको मुख्य चुनौती भनेको नै नेपाली टोलीको ब्याटिङमा सुधार ल्याउनु थियो । ब्याटिङमै आफू पोख्त भएका प्रशिक्षक देसाइले नेपाली टोलीमा भएका खेलाडीहरुबाटै उत्कृष्ट रिजल्ट ल्याउन सफल भए ।

नेपालले अहिले घरेलु मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । त्यसमा नेपालको प्रदर्शन हेर्न लायक छ । तीन खेलमै नेपालले सहज जित निकाल्न सफल भयो ।

पहिलो खेलमा २८५ रनको लक्ष्य पछ्याएको नेपालले लगातार दुई खेलमा २७५ रनको लक्ष्य पछ्याएर जित हासिल ग¥यो । पहिलो खेलमा ठूलो लक्ष्य भेटाउँदा नेपालले ब्याटिङमै दुई ठूलो रेकर्ड बनाउन सफल भएको थियो ।

नेपालले हालसम्म एकदिवसीय क्रिकेटमा २८७ रन बनाउन सकेको थिएन । त्यस्तै नेपालले २८५ रनको लक्ष्य भेटाउन पनि सकेको थिएन । पहिलो खेलमै नेपालका लागि कुशल भुर्तेलले शतक बनाउन सफल भए । त्यस्तै रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्न सफल भए ।

नेपाली टोलीका ओपनर आसिफ शेखले नेपाली टोलीको राम्रो कम्बिनेसनले नै ठूलो रन चेज गर्न सफल भएको बताए । त्यस्तै प्रशिक्षकको राम्रो भूमिकाले पनि प्रदर्शनमा धेरै सुधार आएको उनको भनाइ छ ।

‘मैले स्वयम् लामो समय राम्रो रन निकाल्न सकेको थिइनँ । त्यसैले पनि आफूमा केही प्रेसरको अनुभूति भएको थियो । टिमको जितमा भने खुशी थिएँ । आफूले पनि राम्रो प्रदर्शन गर्नु पर्छ भन्ने थियो । नामिबियाविरुद्धको दोस्रो खेलमा भने मेरो लक या टिमको आवश्यकता भनौँ, प्रदर्शन राम्रो भयो,’ नामिबियाविरुद्धको खेलपछि आसिफले भने ।

नामिबियाविरुद्धको खेलमा आसिफले ८१ रनको अर्धशतकीय पारी खेलेका थिए । आसिफ र ज्ञानेन्द्र मल्लले नेपाली टोलीका लागि सर्वाधिक १३९ रनको हालसम्मकै सर्वाधिक साझेदारी गरेका थिए ।

त्यसअघिको नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलकाबीचमा तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो ।

त्यस्तै स्कटल्यान्डविरुद्धको खेलमा नायक बनेका दिपेन्द्र सिंह ऐरीले नटआउट ८५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ब्याटिङ गर्दा आफूलाई कुनै पनि दबाब नभएको बताएका थिए ।

‘मलाई ब्याटिङ गर्दा कुनै दबाब भएन । राम्रो साझेदारी भयो । अन्तिममा खेल नै सकाएर आएँ । टिमले दिएको भूमिकालाई राम्रोसँग निभाउन सफल भएँ । यही लयलाई कायम राख्नु छ,’ दिपेन्द्रले स्कटल्यान्डविरुद्धको खेलपछि भने ।

त्यस्तै नेपाली टोलीका कप्तान रोहित कुमार पौड्यालले मुख्य प्रशिक्षक मोन्टी देशाइले आफूहरुलाई खुलेर खेल्न भनेका कारण पनि धेरै कुरामा सहज भएको बताए । पहिलो खेलमै २८६ रनको लक्ष्य पाउँदा आफूले पनि टिममा सहजै चेज गर्न सक्ने हौसला पाएको उनको भनाइ छ ।

‘प्रशिक्षक आएको लामो समय भएको छैन । उहाँले हामीलाई खुलेर खेल्न लगाउनु भएको छ । ब्याटिङमा धेरै फोकस पनि छ । यति ठूलो रन चेज गर्न सकेका छौं । यसले नेपाली टोलीमा हौसला आएको छ,’ रोहितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *