राष्ट्रिय समाचार

पुराना जहाज बेचेर नयाँ किन्ने योजनामा छौं : गुण एयरलाइन्स

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – गुण एयरलाइन्सले एक वर्ष अगाडि यती एयरलाइन्ससँग खरिद गरी चलाइरहेका ५ वटा जेटस्ट्रिम (जे४१)जहाज बिक्री गर्न प्रक्रिया थालेको छ ।

सोही प्रयोजनका लागि अहिले दक्षिण अफ्रिकी पाटी नेपालमा रहेको गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्जवल थापाले जानकारी दिए ।

‘हामी पुराना जहाज बेचेर नयाँ किन्ने योजनामा छौं,’ थापाले भने, ‘सोही कारण ५ वटा जहाज ग्राउण्डेड गरेका छौं ।’ कम्पनीसँग ७ वटा जहाज छन् । जसमध्ये २ वटा विचक्राफ्ट जहाज भने गुणले सिम्रिकसँग किनेको हो ।

ती जहाज मेन्टिनेन्समा रहेको र आगामी साताबाटै नियमित उडाउने योजना रहेको उनले बताए । नियमित मर्मतका लागि विचक्राफ्ट समेत रोकिँदा सबै उडान बन्द गर्नु परेको उनले जानकारी दिए ।

उनका अनुसार कम्पनीले नयाँ जहाज खरिदको समेत योजना बनाइरहेको छ । ‘पुराना जहाज खरिद सम्पन्न भएपछि नयाँ जहाज खरिदको प्रक्रिया थाल्छौं’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *