खेलकुद

युनाइटेडको प्रभावशाली जित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २६ फाल्गुन २०७९ ,शुक्रबार

पेरिस — म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा बिहीबार रियल बेटिसमाथि ४–१ को प्रभावशाली जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलविरुद्ध ७–० को हार बेहोरेयता युनाइटेडले जित हात पारेको हो ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि वउट वेहर्स्टले दुई गोल गरे भने मार्कस रसफोर्ड र एन्टोनीको नाममा एक–एक गोल रह्यो । अन्य अन्तिम १६ को पहिलो लेगका खेलमा युभेन्ट्सले फ्रेबर्गलाई १–० र सेभियाले फेनाबाचेलाई २–० ले हरायो ।

एएस रोमा भने रियल सोसिडाडमाथि २–० ले विजयी रह्यो । यस्तै साख्तर डोनेस्क र फायनउडले १–१ तथा स्पोर्टिङ सीपी र आर्सनलले २–२ को बराबरी खेले ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *