राजनीति

राष्ट्रपति निर्वाचनबारे जसपा आन्तरिक छलफलमा

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आईतबार केन्द्रिय समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभएपनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।

बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो। विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए।

उनले भने, ‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीले यसमा सोचिराखेको छ। त्यसबारेमा अहिले औपचारिक निर्णय भईसकेको छैन। किनभने कुनै फिचर क्लिएर भईसकेको छैन। कुनै पनि उम्मेदवारहरुको बारेमा टुंगो पनि लागि सकेको छैन। यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन। छलफल सबै राजनीतिक दलहरुसँग जारी छ। त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ।’

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले  उपराष्ट्रपतिमा दावी गर्दै आएको छ। यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *