समाचार

दुई प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

प्रदेश– १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *