राजनीति

महासचिव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:७ फागुन २०७९, आइतवार

पोखरा – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताएका छन् । प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले सो कुरा बताएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’ सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति हुने गुरुङले बताए ।

वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आकलन माओवादीले गरेको छ । संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन गर्छौैं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *