राजनीतिहेडलाइन

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको प्रश्न : २४० वर्ष देश तपाईँहरुले चलाएको होइन ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:७ फागुन २०७९, आइतवार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् ।

विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।’

जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरु मिल्दै गएको र काम भइरहेको ओलीले बताए । ‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइन, उहाँहरुले देश कहाँ पुर्‍याउनुभएको थियो ?’ ज्ञानेन्द्रले टुलुटुलु हेरर बस्दिनँ भनेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ।’

राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘कारबाहीको तपाईंहरूलाई किन चिन्ता हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *