खेलकुद

बायर्न र मिलानको झिनो अन्तरको जित

Advertisements
MAHABAI RURAL MUNICIPALITY

पेरिस — बायर्न म्युनिक र एसी मिलानले मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेका छन् । बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेको हो ।

सन् २०२० को फाइनलका पुनरावृत्तिका रूपमा भएको खेलमा किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल गरे । कोमनले नै तीन वर्ष अगाडिको फाइनलमा पनि निर्णायक गोल गरेका थिए ।

फ्रान्सेली लिग वान च्याम्पियन पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो । मिलानले भने सानसिरोमा भएको खेलमा टोटनहमलाई १–० ले हरायो ।

खेलको सुरुमै ब्राहिम डियाजले मिलानका लागि गोल गरे । अब पीएसजी र टोटनहमले दोस्रो लेगमा हुने खेलमा एक गोलले पछाडि रहेको स्थिति उल्टाउने प्रयास गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *