खेलकुद

ब्राजिलका १६ वर्षे स्ट्राइकर रियलमा अनुबन्ध

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित : शनिबार, पुस २, २०७९

काठमाडौं – स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ ।

ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् ।

फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्न नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अर्को हप्ता मड्रिड भ्रमण गर्नेछन् ।

उनले ब्राजिलको यु १७ टोलीबाट तीन गोल गरेका छन् । यसैगरी ब्राजिलियन सिरी ए मा यो सिजन सात गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *