प्रकाशित: ११ फाल्गुन २०७९ ,बिहीबार

काठमाडौँ – युईएफए युरोपा लिग फुटबलको अन्तिम १६ प्रवेशका लागि नकआउट प्लेअफ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा आज राति युरोपमा दुई हेभिवेट क्लबहरू म्यानचेस्टर युनाइटेड र बार्सिलोना बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । सो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा नेपाली समय अनुसार भौलि बिहान १४५ बजेबाट सुरु हुनेछ ।

यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगको खेल २-२ को बराबरीमा सकिएको छ । आज युनाइटैडको घरमा उत्रिँदा बार्सिलोना ज्यादा दबाबमा हुनेछ ।

उसका ३ जना प्रमुख खेलाडी पेट्री, गाभी र उसामान डेम्बेले हुनेछैन्‌ । पाहुना टौली बनेर युनाइटेडको घरमा उत्रिनुअघि बार्सिलोनाका युवा खेलाडी राफिन्हाले ओल्ड ट्राफोर्डमा बार्सिलोनाले राम्रो नतिजा निकाल्ने र जितेर फर्किने बताएका छन्‌ ।

‘बार्सा टिभी’सँग कुरा गर्दै ब्राजिलियन स्टारले आफूहरूसँग जित बाहेक अर्को विकल्प नरहेको भन्दै युनाइटेडलाई कुनै पनि हालतमा तह लगाउने दाबी गरे ।

‘ओल्ड ट्राफोर्डमा हामीसँग जितभन्दा अर्को विकल्प छैन । यदि उपाधि जिल्ल चाहन्छौं भने म्यानचेस्टर युनाइटेडलाई हराउनैपर्छ, राफिन्हाले भने, ‘क्याम्प नोउमा हामीले चाहेको नतिजा आएन । तर, हामी उनीहरूको घरमा जितेर फर्किनिछौं ।

हाम्रा लागि यो फाइनलसरह हो ।’ राफिन्हाले दोस्रो लेगको खेलमा धेरै कुरा सुधार हुने बताएका छन्‌ । पहिलो लेगको खेलपछि टिममा धेरै राम्रोसँग छलफल भएको र दोस्री लेगमा धेरै कुरा सुधार हुने बताएका छन्‌ । ‘क्याम्प नोउमा २-२ भएपछि हामीले टिममा धेरै राम्रोसँग छलफल गरेका छौं । अवे लेगमा उनीहरूलाई हराउन हामीले धेरै विकल्पहरू तयार पारेका छौं । उनीहरूले घरेलु मैदानमा हामीलाई सजिलो हुन दिनेछैनन्‌ ।

तर, हामी बिदा मनाउन म्यानचेस्टर जाँदै छैनौं । हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शन र राम्रो नतिजा हो । यो खेलमा हामी सबैले आफ्नो भूमिकाबाट शतप्रतिशत दिनुपर्छ । हामी तयार छौँ,’ राफिन्हाले भने ।

राफिन्हाले दोस्री लेगमा बार्सिलोनाले कुन स्कोरमा नतिजा निकाल्न सक्छ भन्ने विषयमा पनि अनुमान गरेका छन्‌ । उनका अनुसार बार्सिलोनाले ४ भन्दा बढी गोल गरेर खेल जिल्ल सक्छ । ‘क्याम्प नोउमा २-२ हुँदा हामी उत्कृष्ट थिएनौं । तर, ओल्ड ट्राफोर्डमा हामी धेरै कुरा सुधार्न गइरहेका छौँ, उनले थपे, ‘यो भन्न कठिन हुन्छ । तर व्यक्तिगत रूपमा हामीले त्यहाँ कम्तीमा ४ गोल गर्न गरेर खेल जिल सक्छौं भन्ने लाग्छ । हामी ४-५ गोलसम्म गर्न सक्छौं ।’