समाचार

आइतबारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौँ । (आज) आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ वटा विभिन्न निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्।

आइतवारको मन्त्रिपरिषद बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

प्रवक्ता कार्कीले मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२०केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सुनाए ।

माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए। यस्तै, संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय, अन्नमा आधारित पूरक बालआहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने अर्को निर्णय भएको सुनाए ।

यस्तै, कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको पनि कार्कीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *