समाचार

राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित; सोमबार, पौष ४, २०७९

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राप्रपाराजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलयमा पुगेका थिए ।

भेटका अवसरमा कार्यवहाक राजदूत वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए

‘यो निर्वाचनमा राप्रपा बलियो शक्ति बनाएर आएकोमा पनि उहाँ (कार्यवहाक राजदूत)ले बधाई दिनुभयो,’ श्रेष्ठले भने । नेपालमा आमनिर्वाचनपछि नयाँ सरकार गठनको कसरत भएसँगै काठमाडौंस्थित विदेशी राजदूतहरु सक्रिय भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *