खेलकुदराष्ट्रिय समाचार

मेयर ११ को नेतृत्व गर्दै फुटबल मैदानमा उत्रिए मेयर बालेन शाह (तस्बिरहरू)

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सोमबार बिहान दशरथ रंगशालामा फुटबल खेलाडीको रूपमा देखिए।

महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर ११ को नेतृत्व गर्दै मेयर शाह मैदान उत्रिएका हुन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताइन्।

उपप्रमुख डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताइन्।

उनले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रूपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्।

उनले जनप्रतिनिधिले खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनुरूप पूरा भएको बताइन्।

 

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनपतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो।

प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए।

जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर शाह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो। खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *