खेलकुद

नेपाल आज भारतसँग भिड्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ ।

नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदानमा उत्रने टोलीका प्रशिक्षक अनन्तराज थापाले बताउनुभयो । भारतले पनि नेपालमाथि जित निकाल्ने दाबी गरेको छ । गत भदौमा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिप पछि नेपाल र भारत मैत्रीपूर्ण खेलमा भिड्न लागेका हुन् ।

साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो । ओलम्पिक छनोट खेलको तयारीका लागि भारतले नेपाललाई दुई वटा मैत्रीपूर्ण खेल खेल्न निम्ता दिएको हो । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

नेपाली टोलीका खेलाडी 

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषानाथ

रक्षक : हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैसी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, सविता रानामगर, सरु लिम्बू, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रीति राई र अनिता केसी

स्ट्राइकर : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ र निर्मला विक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *