राजनीतिराष्ट्रिय समाचार

समानुपातिकतर्फको सूची यथावत राख्न निर्वाचन आयोगलाई एमालेको पत्र

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 

प्रदेश १ सभामा अल्पसंख्यक समूहको प्राथमिकता क्रमसंख्या नम्बर २ मा सिफारिस उम्मेदवार पहाडी नेवार समुदायको भएकाले अल्पसंख्यकलाई सिफारिस गरेको एमालेले जनाएको छ ।

 

त्यस्तै मधेस प्रदेशमा मधेसी महिला समूहको क्रमसंख्या २ मा रहेकी फुलोकुमारी देवी अल्पसंख्यकमध्ये पहिलो नम्बरमा भएकाले सिफारिस गरिएको एमालेको दाबी छ । त्यस्तै मधेस प्रदेशको मुस्लिमतर्फ क्रमसंख्या १ मा रहेकी जैनव खातुनलाई भने पार्टीले कारबाही गरेकाले दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनलाई सिफारिस गरेको एमालेको दाबी छ । जैनवले पार्टीका उम्मेदवारका पक्षमा प्रचार नगरी पार्टी परित्याग गरेको एमालेको पत्रमा उल्लेख छ ।

 

साथै पार्टीको मंसिर २४ गते बसेको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्काशन गरेको पनि जनाइएको छ । एमालेले मंसिर २४ गते नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको क्लस्टरअनुसार सूची पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *