स्वास्थ्य

शरीरमा क्याल्सियम किन चाहिन्छ ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१३ फागुन २०७९, शनिवार

काठमाडौँ –  क्याल्सियम शरीरको लागि धेरै महत्त्वपूर्ण पोषक तत्व हो । यसले हाम्रो हड्डी र दाँतको स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ भने शरीरको विकास पनि मद्त गर्छ ।

क्याल्सियमको कमी नहुँदा यसले शरीरमा रगत जम्न दिँदैन । क्याल्सियम पुरुषको तुलनामा महिलालाई बढी चाहिन्छ । शरीरमा क्याल्सियमको कमीले अस्टियोपोरोसिस, रक्तचाप, मांशपेशी दुख्ने तथा जोर्नीमा समस्या देखिने गर्छन् । क्याल्सियमको कमीले दाँत दुख्ने, छाला सुख्खा हुने, नङ कमजोर हुने तथा भाचिने जस्ता धेरै समस्या निम्याउँछ ।

शरीरमा क्याल्सियमको कमी भएमा मुटु रोगको सम्भावना बढ्छ । जसले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ । क्याल्सियम दूधबाट बनेका उत्पादनमा अत्यधिक पाइन्छ । दूधजन्य पदार्थ नै यसको उच्च स्रोत हो ।

कसरी पूरा गर्ने क्याल्सियमको मात्रा ?

क्याल्सियमको कमीलाई पूरा गर्न हामीले दैनिक आहारमा दूध, दही, पनीर र हरियो सागसब्जीको मात्रा बढाउनुपर्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थ अफिस अफ डाइटरी सप्लिमेन्टको तथ्यांकअनुसार वयस्कहरूलाई हरेक दिन कम्तिमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्न सल्लाह दिइन्छ ।

क्याल्सियमको सबैभन्दा ठूलो स्रोत नै दूध र दुग्धजन्य पदार्थ हुन्। तर कतिपयले दूधबाट बनेका खानेकुरा त्यति रुचाउँदैनन् । यस्तो व्यक्तिले दूधजन्य पदार्थको सेवन नगरी नै अन्य खाद्यपदार्थहरूबाट क्याल्सियमको कमी पूरा गर्न सक्छन् ।

दूधजन्यबाहेक कस्ता खानेकुरामा हुन्छ क्याल्यिम ?

दूधबाट बनेका पदार्थबाहेक हाम्रो शरीरमा क्याल्सियमको कमी पूरा गर्न हरियोसागसब्जी, नट्स, गेडागुडी लगायतका खानेकुरामा जोड दिँदा पनि यसले क्याल्सियको कमी पुरा गर्दछ । क्याल्सियमको एक राम्रो स्रोत ड्राई फ्रूट्स हो । ड्राई फ्रूट्सले सबैभन्दा बढी क्यल्सियम प्रदान गर्छ । यसमा फाइबर, म्याग्नेसियम, म्यांगनीज र भिटामिन ई प्रशस्त्र मात्रामा पाइन्छ ।

यसै गरी क्याल्सियमको अर्को स्रोत हरियो सागसब्जी हो । यीनीहरुमा भिटामिन ए, के, ई, सी, भिटामिन बी १, बी २, बी ३, बी ५ र बी ६ पाइन्छ । दाल र गेडागुढी मा पनि क्याल्सियम पाइन्छ । यसमा फाइबर, क्याल्सियम, प्रोटिन, म्याग्नेसियम, फोलेट, जिंक र पोटासियम हुन्छन् । यसले शरीरको ऊर्जा स्तरलाई पनि बढाउँछ ।

क्याल्सियम पाइने अर्को तत्व सिड्स हो । यसमा क्याल्सियमसहित अन्य धेरै पोषक तत्वहरू हुन्छन्। जसले सहजै क्याल्सियको कमी पूरा गर्छ । फर्सी, तिल, चियाहरुको सिड्स आहारमा समावेश गर्दा यसले शरीरमा क्याल्सियमको कमी हुन दिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *