समाचार

खाँडाचक्र नगरपालिकाद्वारा नगरपालिका विरुद्ध वडा अध्यक्षको उजुरी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

काठमाडौँ-कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरूले नगरपालिका विरुद्ध उजुरी दिएका छन्। नगर प्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाही विरुद्ध बिहीबार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा गर्दा भएको छ। खाँडाचक्र नगरपालिकाले असार १० गते साँझ करिब २ घण्टा नगर सभाको उद्घाटन मात्र गरेर नगर सभा सम्पन्न भएको जनाएको थियो।

उद्घाटन सत्रमा गरिएको माइनुटमै नगरप्रमुख र उपप्रमुखले आर्थिक वर्ष २०८०/०८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप छ। सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको,मनोमानी बजेट ल्याएको, जन्तामुखि नभई जनप्रतिनिधि मूलक बजेट बनाएको लगायतका विषयमामा नगरपालिकाका ११ जना वडा अध्यक्षको समर्थनमा ९ जनाले मुद्दा दिएका हुन्।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नु पर्ने भन्दै आर्थिक वर्ष २०७९/२०८० मा कुनै पनि ठुला योजनामा काम नगरेको नगरपालिकाले यस वर्ष पनि ५ करोड भन्दा बढी पुरानो तिर्नु देखाएको छ। स्थानीय सरकार संचालन ऐन अनुसार नगर प्रमुख र उप प्रमुखले कुनै पनि कार्य नगरेकाले अदालत सम्म पुग्नु परेको वडा नं. ६ का अध्यक्ष दिनेश बहादुर शाहीले बताए। वडा नं. १ का कार्यवाहक अध्यक्ष भद्र कामी सहितका वडा अध्यक्षहरूले रिट दायर गरेका छन् । नगरपालिकाले जनताको हितमा काम नगरेको भन्दै पटकपटक विवाद हुँदै आएको थियो।पहिला पनि जनताको हितमा काम नगरेको भन्दै वडाध्यक्षहरुले नगरपालिकालाई छाप र कलम बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *