राजनीतिहेडलाइन

राष्ट्रपतिको उम्मेदवारमा सहमति खोज्न कांग्रेस–माओवादीसहित ४ दलको बैठक २ घण्टादेखि जारी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ –  राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेससहित चार दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहानैबाट जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्न भन्दै माओवादीले कांग्रेससहितको बैठक राखेको हो । यो समाचार तयार पार्दा (पौने ११ बजे)सम्म बैठक जारी छ ।

कांग्रेसहितको बैठकपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवार मनोनयनको कार्यतालिका छ । शुक्रवारसम्म उम्मेदवारबारे सहमति जुटेको छैन ।

पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने एमालेको दाबी रहँदै आएको छ ।

नेपाली कांग्रेस भने राष्ट्रपतिमा माओवादीले आफूहरूलाई समर्थन गर्ने विश्वासमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *