अर्थसमाचार

११ लाख किलो गोलभेँडा भारत निर्यात

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

काठमाडौँ-केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको छ।सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ। एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको एक सय २० देखि एक सय ५० भारूमा कारोबार भइरहेको थियो।

अहिले भने भारतको मुम्बईमा गोलभेँडा किलोकै दुई सय रूपैयाँमाथि पुगिसकेको त्यहाँको सञ्चार माध्यम द इकोनोमिक्स टाइम्सले दुईदिन अघि समाचार सम्प्रेषण गरेको छ।भारतका केही सहरमा भने अहिले गोलभेँडाको मूल्य एक सय भारूभन्दा तल आइसकेको छ।

साउनको पहिलो साता कालिमाटी तरकारी तथा फलफूल बजारमा लोकल साना गोलभेँडाको मूल्य प्रतिकिलो पाँचदेखि ६ रूपैयाँ र टनेल गोलभेँडा भने न्यूनतम ६ रूपैयाँदेखि १२ रूपैयाँ थियो।

यो मूल्य कालिमाटीका व्यापारीले किन्ने मूल्य हो। त्यतिखेर उपभोक्ताले भने प्रतिकिलो ३० देखि ३५ रूपैयाँमै पाइरहेका थिए।साउन पहिलो साता भने त्यहाँका व्यापारीले किन्ने मूल्य लोकल गोलभेँडा प्रतिकिलो न्यूनतम ३० देखि ५० रूपैयाँ पुगेको छ भने टनेल गोलभेँडा न्यूनतम ५४ देखि ७५ रूपैयाँ छ।

यो तथ्यांक हेर्दा एक महिनाको अवधिमा साना लोकल गोलभेँडा २५ देखि ४५ रूपैयाँसम्म पुगेको छ। त्यस्तै, टनेल गोलभेँडा भने ५० देखि ७० रूपैयाँसम्म पुगेको छ। अहिले बजारमा गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ८० रूपैयाँदेखि एक सय रूपैयाँसम्म छ।

भारततर्फ गोलभेँडा जाने क्रम बढेको र यहाँ पनि उत्पादनमा कमी आउन थालेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *