राष्ट्रिय समाचारसमाचारहेडलाइन

कर्णालीमा सरकार गठनका लागि आह्वान

Advertisements
MAHABAI RURAL MUNICIPALITY

कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन् ।  प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले पुस २७  बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ । माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ । यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *