राजनीतिहेडलाइन

नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू

Advertisements
MAHABAI RURAL MUNICIPALITY

नेकपा(एमालेक) को सचिबालय बैठकको निर्णयहरू

काठमाडौं, जेठ १९

एमालेको संगठन विभाग प्रमुखमा काशिनाथ अधिकरी,प्रचार बिभागममाराजेन्द्र गौतम, प्रेमबहादुर सिंह,मुकुन्द न्यौपानेसहित १३ जना केन्द्रीयसदस्य मनोनित।

नेकपा (एमाले) को शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय विभागको नेतृत्व हेरफेर गरेको छ।

एमालेले संगठन विभाग प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीलाई दिएको हो। 

यसअघि संगठन विभाग प्रमुख खगराज अधिकारी थिए। 

यस्तै एमालेले प्रचार विभागको प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ।

यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरूङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो।

स्थायी कमिटी सदस्य, पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको पार्टी उपमहासचि प्रदीप ज्ञवालीले जानकारीदिए।

उनका अनुसार केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर गाउँपालिकाहरूको इन्चार्जको जिम्मेवारीदिइएको छ।

गत वैशाख २८ देखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले यसअघि तोकिएकोभन्दा फरक भूगोलमागएर काम गर्ने गरी जिम्मेवारी तोक्ने निर्णय गरेको थियो।

त्यहीअनुसार नै सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको हो।

हेर्नुहोस् अरू केके निर्णय भए?

IMG_8867.jpeg

IMG_8868.jpeg

IMG_8869.jpeg

IMG_8870.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *