मुख्य समाचारराजनीतिहेडलाइन

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डा तय
बैशाख २८, २०८०, काठमाडौं।

नेकपा एमालेको  केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकका लागि वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको छ, जसअनुसारबैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुनुको साथै चौथो केन्द्रीय कमिटी बैठक यताका विभिन्न निर्णयहरू अनुमोदन गरिने छ ।

बैठकमा केन्द्रीय आयोगका प्रमुखहरूको प्रतिवेदन प्रस्तुत, मिसन ग्रासरुटको समीक्षा, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक र वार्षिक कार्ययोजना, कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *