राजनीति

आज नेकपा एमाले सचिवालय बैठक बस्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ_नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ।

बैठकले यही वैशाख २८ गतेदेखि ३० गतेसम्म हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्नेछ।

बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *