अर्थसमाचार

विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ _ सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीले आफूलाई आवश्यक हुने थप एक मोबाइल ल्याउन पाउने भएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो । साथै, त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *