समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २६ चैत्र २०७९ , आइतबार

उदयपुर _ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।

आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे. १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *