समाचार

आज सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनवाई हुँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २६ चैत्र २०७९ , आइतबार

काठमाडौं _बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ।

लामिछानको मुद्दाको  फैसाला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो।

मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *