कोरोना अपडेटसमाचार

नेपालमा एकैपटक १० जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २० चैत्र २०७९ , सोमबार

काठमाडौं _ नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । चैत महिनामा संकलित २४ वटा नमुनामामध्ये १० जनामा ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएको हो ।

कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरेको पछिल्लोपटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । तीमध्ये १० जनामा नयाँ भेरियन्ट देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपालमा अहिले मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न पनि आग्रह गरेको छ ।

He1680533514.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *