आइसिसी विश्वकप लिग–२ः नेपाल र युएई समाना

Advertisements
Shivm advertisement

प्रकाशित: २ चैत्र २०७९ , बिहीबार

काठमाडौँ–आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को समाना गर्दै छ।आजको खेलमा नेपाललाई जितको विकल्प छैन। ऐतिहास रच्ने बाटोमा रहेको नेपालले आज जित हासिल गरे जिम्बाबेमा हुने विश्वकपको छनोटमा खेल्नेछ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिमले मात्र जिम्बाब्वेमा आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्।

स्कटल्यान्ड र ओमान शीर्ष दुईमा रहँदै छनोटमा स्थान बनाइसकेका छन्। तेस्रो स्थानका लागि नेपाल र नामिबियाका दाबेदार हुन्। ३६ खेल पूरा गरेको नामिबियाको ३९ अंक र ३५ खेलबाट नेपालको ३८ अंक छ। बिहीबार युएईविरुद्ध जित निकाल्दा नेपालले नामिबियालाई एक अंकले पछि पार्दै जिम्बाब्वेको यात्रा तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *