उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

Advertisements
Shivm advertisement

प्रकाशित: १ चैत्र २०७९ , बुधबार

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाले यसअघि फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेको थिएन।

उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ। राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *