पीएसजीको जित

Advertisements
Shivm advertisement

प्रकाशित: २८ फाल्गुन २०७९ ,आइतबार

पेरिस — केलियन एमबापेले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा ब्रेस्टलाई २–१ ले हराएको छ ।

शनिबार राति ब्रेस्टमा भएको खेलको ३७ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेल बराबरीमै सकिन लागेको बेला खेलको अन्त्यमा एमबाप्पेले लियोनेल मेसीको पासमा गोल गर्दै पिएसजीलाई स्पष्ट ३ अंक दिलाए।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ। एक खेल कम खेलेको मार्से दोस्रो स्थानमा ११ अंकले पछि छ।

रेलिगेशनको खतरामा रहेको पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *