समाचार

नेकपा एसले बनायो स्ववियू निर्वाचन परिचालनलगायत समिति

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१८ फागुन २०७९, बिहिवार

काठमाडौँ – नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समितिहरु गठन गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको छ ।

त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कुन समितिमा को-को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *