समाचार

आकाशमै एयर होस्टेसलाई ककपिटमा बोलाएर जबरजस्ती काखमा राखेपछि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ –

आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेका छन् ।

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेर छानबिन थालेको हो ।

प्राधिकरणका स्रोतका अनुसार क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको छ ।

‘इनफ्लाइट सुपरभाइजर (‘एयर होस्टेस’को लीडर)लाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको र जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दा समेत ती ‘एयर होस्टेस’ आफ्नो  जिम्मेवारीमा नफर्किएको भन्दै अन्य ‘एयर होस्टेस’ले उजुरी दिएपछि निलम्बन गरेर अनुसन्धान थालिएको हो,’ प्राधिकरणका एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

यस सम्बन्धमा छानबिन गरी सम्बन्धित वायु सेवाको कर्मचारी नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाअनुसार कारवाही गर्न निर्देशन दिइएको उनले बताए ।

त्यसपछि थप कारबाहीको निर्णय प्राधिकरणले गर्ने उनको भनाइ छ ।

कारबाहीका क्रममा उक्त उडानका सम्पूर्ण सक्रिय सदस्यलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

उक्त उडानमा दुई पाइलट र ५ ‘एयर होस्टेस’ थिए ।

हेर्नुहोस्, प्राधिकरणले दिएको सूचना :

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *