हेडलाइन

राप्रपाका चारैजना मन्त्री बर्खास्त गर्ने प्रचण्डको तयारी !

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनत्रीहरु बर्खास्त गर्ने तयारी गरेका छन् । उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकासमन्त्री रहेका विक्रम पाण्डे, कानूनमन्त्री रहेका ध्रुवबहादुर प्रधान तथा उर्जा राज्यमनत्री रहेका दीपकबहादुर सिंहलाई बर्खास्त गर्ने तयारी भएको हो ।

आज सरकारलाई समर्थन गरेका दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै राप्रपाका मन्त्रीहरु हटाउने संकेत गरेको बुझिएको छ । प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएका छन् ।

फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *