समाचारहेडलाइन

बालाजु घटना : मोबाइल पसल लुटबारे मुचुल्का गरिँदै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं  बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा एउटा समूहले मोवाइल पसल लुटेर भागेको थाहा भएको छ । घटनास्थलको भिडियो दृश्यअनुसार ल्होत्से मलमा सञ्चालित मोवाइल पसल लुटेको देखिएको छ ।

त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । मोवाइल लुटिएको घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सिताराम रिजालले रातोपाटीलाई बताए । प्रहरी उपरीक्षक रिजालले भने– ‘मुचुल्का टोली गएको छ, अनुसन्धान हुन्छ ।’

प्रदर्शनमा सहभागी १० जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना मागबारे जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा नयाँ बसपार्कको ठेकेरदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर सहितले आक्रमण गरेपछि ‘भिडन्त’ भएको यातायात मजदुरहरुले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *