समाचार

अब कर्णाली करिडोरमा कालाेपत्रे

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:१२ फागुन २०७९, शुक्रवार

काठमाडौँ –कर्णाली करिडोर कालोपत्रे हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रेको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्रे गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।

“खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्रे गर्ने कार्य थालनी भएको छ”, उनले भने, “पहिलोपटक सडक कालोपत्रे हुन लागेको हो ।”

कालोपत्रेका लागि सडक विभागले डिपीआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए । “कालोपत्र सडक दुई लेनको हुनेछ, डिपीआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ”, उनले भने, “बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।

” कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्रे गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए ।

कालोपत्रे गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । “रु आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *