राजनीति

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ११ फाल्गुन २०७९ ,बिहीबार

काठमाडौँ – नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ ।

सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।

सम्बन्धित समाचार : प्रचण्डले भोलि ओली र देउवासँग छलफल गर्ने

तीन दलीय बैठक पनि बुधबार फेरि बस्ने भएको छ। सकेसम्म अन्य दलहरूसँग पनि बैठक बस्ने तीन दलका नेताहरुले बताएका छन्। काँग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा सहमति गर्ने गरी आन्तरिक बैठक तथा छलफल गरिरहेको छ।

भोलि बिहान नेपाली काँग्रेससहितको बैठक बस्ने भएको छ।

सम्बन्धित समाचार : चार दलको निर्णायक बैठक भोलि

तीन दलको बैठकअघि माओवादीले जसपा र एकीकृत समाजवादीसँग छुट्टाछुट्टै छलफलसमेत गरेको थियो।

सम्बन्धित समाचार : सिंहदरवारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

बुधबार नेपाली काँग्रेस र माओवादीबीच भएको छलफलमा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा अनौपचारिक समझदारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *