मनोरञ्जन

जुनियर एनटीआरका दाजु तथा फिल्म अभिनेता नन्दमुरी तारक रत्नाको निधन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित:७ फागुन २०७९, आइतवार

काठमाडौं – तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका छोरा दाजु थिए । उनी आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए।

उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

कर्नाटकका स्वास्थ्य मन्त्री तथा भाजपा नेता डा के सुधाकरले सामाजिक सञ्जाल ट्वीटरमा उनको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

 

तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, “तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु। धेरै चाँडै गयौ भाइ… दुखको यस घडीमा उनको परिवार र प्रियजनहरूसँग मेरो समवेदना र प्रार्थना छ।”

 

फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटमा लेखेका छन्, ‘तारक रत्न गुरु (आदरणीय) को निधनको खबरले मन दुखेको छ । चाँडै जानुभयो । उहाँका परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना। उहाँको आत्माले शान्ति पाओस्!”

 

अभिनेता चिरञ्जीवीले ट्विट गर्दै भनेका छन्, ‘तारक रत्नको दुखद र असामयिक मृत्युको बारेमा थाहा पाउँदा गहिरो दुःख लागेको छ । यस्तो उज्यालो, प्रतिभाशाली, प्यारा जवान मानिस … धेरै चाँडै गयौ ! सम्पुर्ण परिवार तथा शुभचिन्तकहरुमा हार्दिक समवेदना ! उनको आत्माले शान्ति पाओस्!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *