कला-साहित्य

जीवन कि स्वतन्त्रता ?

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रेमबहादुर सिंह

हामीलाइ नसोध, जीवन कि स्वतन्त्रता ?

स्वतन्त्रता विनाको जीवन के जीवन ?

हामीलाइ स्वतन्त्रतासहितको जीवन चाहिन्छ ।

जीवन, स्वतन्त्रता र खुशीका लागी,

हामीले लामो लडाइ लड्यौ,

जनताले पटक-पटक लडाइ लडे,

र संविधानमा प्रत्याभूत भयो,

जीवन,स्वतन्त्रता र खुशी ।

जनता साक्षी छन्, हामी जीवित छौ,

नेपालको संविधान जीवित छ,

तैपनि सोधिन्छ जीवन कि स्वतन्त्रता?

महामारी विरूध्द धेरै लडाइ लड्यौ इतिहासमा,

र हामीले लडाइ जित्यौ,

फेरि पनि हामी जित्नेछै कोरोना विरूध्दको लडाइ ।

जीवन,स्वतन्त्रता र खुशीको मूल्य

के कोरोना विरूध्दको लडाइमा साट्न सकिन्छ र?

हामीलाइ नसोध,जीवन कि स्वतन्त्रता?

स्वतन्त्रता विनाको जीवन के जीवन?

हामीलाइ स्वतन्त्रतासहितको जीवन चाहिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *