समाचार

बोराभित्र महिलाको शव फेला: हत्याकाे आरोपमा श्रीमानसहित ४ जना पक्राउ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ८ फाल्गुन २०७९ सोमबार

काठमाडौँ – मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित अमाहीका नरसिंह चौधरीको घरको ग्वालीमा बोराभित्र पोका पारेर राखेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

सोमबार दिउँसो १२ बजेतिर बोराभित्र पोका पारेर ग्वालीमा राखिएको अवस्थामा महिलाको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ। हत्या गरेर बोराभित्र पोका पारी ग्वालीभित्र राखेको अवस्थामा महिलाको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।

हत्या गरेर बोराभित्र पोकाे पारेको अवस्थामा विराटनगर–१९ की २८ वर्षीया प्रियंका सुनारको शव भेटिएको बताउँदै, एसपी पोखरेलले भने, ‘सोमबार दिउँसो नरसिंह चौधरीको घरको ग्वालीमा प्लाष्टिकको बोराभित्र पोका पारेर फ्यालेको अवस्थामा सुनारको शव फेला परेको हो। घटनामा थाहा पाएसँगै अनुसन्धान थालिसकेका छौँ र चाँडै नै घटनाको यथार्थ बाहिर आउने छ।’

प्रारम्भिक अनुसन्धानबाट प्रियंकाको हत्यामा संलग्न भएको आशंकामा उनका श्रीमान् विराटनगर–१९ का २९ वर्षीय रमेश साह, कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द राम, कटहरी–५ कै ३५ वर्षीय उमेश सरदार र विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी पक्राउ परेको बताउँदै, एसपी पोखरेलले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट ४ जना घटनामा संलग्न भएको जस्तो देखिएको हुँदा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको छौँ भने अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने भएको हुँदा उनीहरूको खोजी तीव्र पारिएको छ।’

प्रहरीले घरधनी नरसिंह चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

‘मृत अवस्थामा भेटिएकी प्रियंकाको शरीर बाहिर त्यस्तो चोटपटक नदेखिए पनि घाटीमा डाम र दाहिने कान छेउमा हल्लाका रगत बगेको देखिन्छ।’ उनी बाहिर चोट नदेखिए पनि भित्री चोट हुनसक्ने र त्यसका लागि पोष्टमार्टको रिर्पाटले मात्रै यकिन गर्ने हुँदा रिर्पाट आएपछि मात्रै थाहा हुने एसपी पोखरेलले भने।

घटनाको थप अनुसन्धान डिएसपी नेतृत्वको टोलीले गरिरहेको र शवको कोसी अस्पतालमा पोष्टमार्टमका लागि प्रक्रिया अघि बढाइएको छ। पोष्टमार्टमको रिपोर्ट र घटनामा संलग्न भएको आशंमा पक्राउ परेको व्यक्ति र केही फरार भएकालाई पक्राउ गरेपछि घटनाको थप वास्तविकता बाहिर आउने एसपी पोखरेलले बताए। घटनामा संलग्नहरूसँग किन हत्या गर्नु परेको भन्ने कारण बारे सोधपुछ भइरहेको उनले बताए।

एसपी पोखरेलका अनुसार घटनाको सुरुवात, प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनाक्रम

पक्राउ परेकामध्ये रमानन्द कोसी अस्पताल अगाडि राति ११ बजेतिर शव बोक्नका लागि गाडी खोजी गरिरहेका थिए। अस्पताल आसपासमा एम्बुलेन्स र अन्य गाडीहरु पार्किङ गरेर राख्ने गर्छन्।

उसले केही गाडीलाई लास बोक्नुपर्ने र भाडा कति लिने भनेर सोध्दै हिँड्छन्। यसरी शंकास्पद तरिकाले शव बोक्ने गाडी खोजेको प्रहरीले थाहा पाउँछ। त्यसपछि उसको गतिविधि नियाल्दै अघि बढ्छ प्रहरी। उसलाई हेर्दा थकित, लागु औषध सेवनकर्ता जस्तै देखिन्थे। अस्पतालभित्रै कुनै बिरामीको निधन भई लैजानु पर्ने भन्ने सोचेका रहेछन् गाडीवालाहरूले।

गाडीवालाहरूले शव कहाँ छ भनेर रमानन्दलाई सोध्दछन्। उसले शव अस्पतालमा नभई बुढीगंगाको एक घरमा रहेको र त्यसलाई व्यवस्थापनका लागि गाडी चाहिएको बताए। त्यसपछि घटनाको सूचना प्रहरी कहाँ पुग्छ। शंकास्पद तरिकाले हिँडेका रमानन्द थप शंकाको घेरामा परेपछि उसलाई राति नै प्रहरीले आफ्नो नियन्त्रणमा लिन्छ।

प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा कहिले नातिको मृत्यु भएको र शव व्यवस्थापन गर्न गाडी चाहिएको बताउँदै आएका थिए। कहिले नातिनी बुहारी माइत गएकाले लिन जानका लागि गाडी चाहिएको भन्न जस्ता मन गणन्ते कुरा गर्दै गएपछि थप शंका लाग्दै गएको थियो।

उसलाई रातिभर सोधपुछ गर्दै जाँदा बिहान मात्रै बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा हत्या गरिएको महिलाको शव व्यवस्थापन गर्ने जिम्मा आफूले पाएकोले गाडी चाहिएको बताएपछि घटना बाहिरिएको हो।

प्रियंकाका श्रीमान् रमेशले मोटरसाइकलमा राखेर नरसिंह चौधरीको घर पुर्‍याएको देखिन्छ। श्रीमान् श्रीमती पुग्नु अघि नै नरसिंहको घरमा २ जना युवा पुगेका हुन्छन्। घरधनी नरसिंह र रमेश प्रियंकालाई घरमै छाडेर बाहिर जान्छन्। पुनः नरसिंह घर फर्कन्छन् भने रमेश फर्कँदैनन्। नरसिंह घर फर्कँदा युवा र प्रियंकालाई घरमा भेट्दैनन्।

सोमबार बिहान नरसिंहको घरको ग्वालीमा पोका पारेको अवस्थामा शव फेला परेको घटना हेर्दा योजनाबद्ध रूपमा महिलाको हत्या भएको देखिन्छ। किन र केका लागि र को–को मिलेर महिलाको हत्या गरेको खुल्न सकेको छैन अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *