समाचार

आन्दोलनका क्रममा पसल लुट्नेको खोजी गर्दै प्रहरी, हालसम्म ४ जना पक्राउ

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं –  सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताए ।

बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *