राष्ट्रिय समाचार

तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकामा गाडी पुग्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

गोरखाको चुमनुब्री गाउँपालिकामा बुधबार सडकले जोडिएपछि पहिलो पटक पुगेका गाडीहरु। तस्बिर: सजिना तामाङ

प्रकाशित: ३ फागुन २०७९, बुधवार

काठमाडौं – मकुमार गुरुङले बताए। नेपाली सेनाको बिकास निर्माण निर्देशनालय अन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले सडक निर्माण गरेको हो।

‘पहिलो पटक चुमनुब्रीमा त्यो पनी वडा नम्बर ३ मा गाडी पुग्यो, हामीहरुलाई आउजाउ गर्न धेरै सहज हुनेभयो’ वडा अध्यक्ष गुरुङले भने। यस अघि दोभान सम्म सडक पुगेको थियो। दोभानदेखि ८ किलोमिटर सडक अहिले संचालनमा आएको हो। जगत चुमनुब्री गाउँपालिका प्रवेशद्धार हो । त्यसमाथिका वडाहरुमा सडक पु¥याउन सहज छैन। नेपाली सेनाले तिब्बत जोड्ने गरी उक्त सडक खण्ड निर्माण गरिरहेको छ। भौगोलिक बिकटताका कारण बेनिघाट–लार्के सडकको हावाडाँडादेखि लार्के खण्ड सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो।

उक्त खण्ड अन्तरगतको १८ किलोमिटर सडक (धार्चे गाउँपालिका वडा नम्बर ८ हावाडाँडा देखि वडा नम्बर ३ दोभानसम्म) गत असारमा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई सेनाले हस्तान्तरण गरिसकेको छ। सेनाले अहिले सम्म २६ किलोमिटर सडकमा सवारी आउजाउ गर्न सहज बनाईसकेको सेनाका प्राविधिक सेनानी बिनोद भट्टले बताए। ‘त्यसमाथि पनि ट्रयाक खुलिसकेको छ, निर्माणको चरणमा छौँ’ उनले भने।

हावाडाँडादेखि लार्के भञ्ज्याङ सम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई छ। आउजाउ गर्न सहज देखिएमा सेनाले जगत सम्मको सडक केही समयमा आयोजना कार्यालयलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। ‘बुधबार खाद्यान्न बोकेका केही गाडी सहित स्थानीय ब्यक्तिहरु, जनप्रतिनिधि जगत सम्म पुग्नुभएको थियो’ सेनानी भट्टले भने ‘केही ठाउँमा बनाउनुपर्ने छ, त्यो बनाउँदै सर्वसाधारणकालागि खोल्दै पनि गर्छौँ।’ आउँदो वर्षातको समयमा बिग्रन सक्ने संभावित ठाउँहरु पहिचान गरेर त्यसपछि मात्रै हस्तान्तरण गर्ने उनले बताए। त्यसमाथि पाङसिङ सम्म छिट्टै सडक पु¥याउने गरी काम भइरहेको छ।

चुमनुब्री गाउँपालिको केन्द्र सिर्दिबासको फिलिम हो। २०५२ सालमा बेनिघाट–आरुघाट–आर्खेत सडक निर्माण सुरु भएको हो। २०६३÷६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई निर्माणको जिम्मा दिइयो। २०६६÷६७ मा सडक आयोजनाले निर्माण सुरु ग¥यो।

भौगोलिक बिकटता, कडा चट्टान बिस्पोट गर्नुपर्ने लगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन। अन्ततः मन्त्रिपरिषदको निर्णयबाट २०७३ मंसिर २६ गते हावाडाँडा देखि लार्केभञ्ज्याङ सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो। २०७४ बैशाख ११ गतेबाट सेनाले ट्रयाक खोल्न सुरु गरेको थियो।

हावाडाँडाबाट सुरु भएको सडक धार्चे गाउँपालिकाको लापुवेशी, माछाखोला, चुमनुब्रीको जगत, बिहि, प्रोक, सामागाउँ, साम्दो हुँदै लार्केभञ्ज्याङ सम्म पुग्नेछ। बूढीगण्डकीको तिरैतिर हुँदै यो सडक खण्ड मनास्लु संरक्षण क्षेत्र भित्र समेत पर्नेछ। गोरखा र तिब्बतको रुईला नाका सम्म यो सडक निर्माण पुरा भए नेपाल र तिब्बत जोडिनेछ। उक्त सडक खण्डको माछाखोलामा २४ टन क्षमताको बेलिब्रिज पनि निर्माण भएको छ। चुमनुब्री सडक सञ्जालले नजोडिँदा उत्तरी गोरखाका सर्वसाधारण ढुवानीमा खच्चड र उपचारमा हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ। जगत सम्म गाडी पुगेपछि चुमनुब्री गाउँपालिकाको केन्द्र आसपासका स्थानीयलाई आउजाउ गर्न सजिलो हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *