अर्थ

दुधको मूल्य १० रूपैयाँ बढ्यो

Advertisements
MAHABAI RURAL MUNICIPALITY

म्याग्दीमा भैंसीको शुद्ध दूध प्रतिलिटरमा १० रूपैयाँका दरले बढेको छ। कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा फागुन ३ गतेदेखि लागु हुने गरी उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रूपैयाँ बढाउने निर्णय भएको हो। बेनी नगरपालिकाका अगुवा कृषकको समूहले बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघसहित किसान र बिक्रेता समेतको उपस्थितिमा निर्णय भएको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताए।

‘बजारका सम्पूर्ण वस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने अवस्था भएकाले हामीले बाध्य भएर अनुरोध गरेका थियौं,। ‘यो मूल्यले किसानलाई केही राहत हुन्छ’अध्यक्ष पौडेलले भने।उनका अनुसार यसअगाडि प्रतिलिटर २० रूपैयाँ बढाउन ज्ञापनपत्र बुझाएकोमा सरोकारवाला निकायसँगको छलफलबाट किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग सहमति भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

उनले किसान, डेरी व्यवसायी र उपभोक्ता सबैको हितमा हुने गरी मूल्य बढाउन सुझावसहित कार्यान्वयन गर्न अनुरोध गरेको बताए। दुग्ध किसानको टोलीले बेनी नगरपालिकाका मेयर सुरत केसी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवन आचार्यसहितको टोलीलाई समेत मूल्यवृद्धिमा किसान, बिक्रेताको सहमति रहेको बारेमा जानकारी दुग्ध किसान सुरेश ढुंगानाले बताए। ‘डेरीहरूले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मूल्य समायोजन नभए पेशाबाटै पलायन हुनुपर्ने जोखिम थियो, ‘किसान जोगिए मात्रै दुधको सहज आपूर्ति हुन्छ’ उनले भने।

उनका अनुसार अहिले पानीरहित दुध किसानले प्रतिलिटर १ सय १० रूपैयाँमा बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रूपैयाँमा बिक्री गर्ने गरेकोमा फागुन २ गतेदेखि किसानले प्रतिलिटर १२० लिनेछन् भने डेरीले उपभोक्तालाई प्रतिलिटर १४० लिने निर्णय भएको छ। दुग्ध उत्पादक किसानले गोठबाट सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेका छन्। म्याग्दीमा कोरोनाकाल यता दुग्धपालक कृषक पलायन हुने क्रम बढेको छ। बेनी नगरपालिकामा सानाठूला गरी २५ देखि ३० जना व्यावसायिक कृषक भए पनि हाल घटेर १७ देखि २० जना मात्र रहेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *