अर्थ

मुग्लिन-नारायणगढ सडक पुस ५ देखि दैनिक ४ घन्टा बन्द हुने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — मुग्लिन-नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ । उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले जनाएको छ ।

 

कठिन भौगोलिक बनावट भएका कारण सडक सुरक्षालाई ध्यानमा राख्दै एप्रोच सडक र पुल निर्माण गर्न सवारी रोक्न लागिएको आयोजनाले जनाएको छ ।

 

मुग्लिनबाट नारायणगढतर्फ जाने खण्डमा चारवटा पुल अप्ठ्यारो पहाड काटेर निर्माण गर्नुपर्ने भएकाले केही समयका लागि सवारी आवागमन बन्द गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘पहाड काटेर पुल बनाउनु पर्ने छ,’ महानिर्देशक थापाले भने, ‘त्यसैले केही समयका लागि सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।’ सार्वजनिक रूपमा सूचना जारी गर्दै सवारी आवागमन रोकिएको र कहाँ–कहाँ कुन–कुन सवारी रोक्ने कुरा सूचनामै उल्लेख गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *