राजनीतिसमाचार

मुलुकमा वित्तीय संकट देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २ फागुन २०७९, मंगलवार

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको बताएका छन् । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताए ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरुलाई राहत दिनका निम्ति पहल भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उनले बताए । वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरुलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरु खोजिरहेको प्रचण्डको भनाइ थियो ।

लघु, घरेलु तथा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी पुनः थप कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले कृषिमा आधारित उद्योग नै नेपालका लागि दीगो हुने बताए । नेपालमा अन्य उद्योगहरु भन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दीगो हुने उनले बताए ।

उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने बताए । सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।

नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो। त्यसको खोजि गर्नु आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले राज्यका कतिपय नीतिगत र कानुनी व्यवस्थाले घरेलु उत्पादनलाई प्रबर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *