राष्ट्रिय समाचारहेडलाइन

सोमबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: २९ माघ २०७९, आइतवार

काठमाडौं सरकारले फागुन १ गते भोलि ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । सो सशस्त्र युद्ध को नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ।

यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साता अघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने भनेका थिए । तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक बिदा थप गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *